धादिङबेसीमा आज बिहान ९ बजे एमसीसी विरुद्ध प्रदर्शन हुने

Avatar photo
Dhadingpost
साउन १९, २०७८

धादिङ साउन १९ । स्वतन्त्र नागरिक अभियान, धादिङले आज बिहान ९ बजे धादिङबेसी पुछारबजार प्रहरी बीट अगाडी सांझौताको प्रक्रियामा रहेको एमसीसी विरुद्ध प्रदर्शन गर्ने सूचना प्राप्त भएको छ ।

यस अघि शुक्रबार बीचबजार चोकमा बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको स्वतन्त्र नागरिक अभियान, धादिङले आज बिहान पुछारबजारमा गर्ने जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री परिषदका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की हुँदा नै सन २०१७ सेप्टेम्बर १४ मा नै तयार भएको एमसीसी यहि विवादका कारण २०२१ सम्म आईपुग्दा पनि संसदमा फेस हुनसकेको छेन ।

एमसीसी कार्यान्वयन भएका मुलुकहरूस् अमेरिकाले विभिन्न मुलुकलाई उपलब्ध गराउने सहायताको बहसलाई नै एमसीसीले परिवर्तन गरिदिएको वेबसाइटमा उल्लेख छ । राम्रा नीति, सम्बन्धित मुलुकहरूको स्वामित्वसहित नतिजाकेन्द्रित भएर वैदेशिक सहायता उपलब्ध गराउने एमसीसीको लक्ष्य देखिन्छ ।

आर्थिक वृद्धि प्रबर्द्धन, गरिबी न्यूनीकरण र संस्थाहरूको सुदृढीकरणका लागि निश्चित समयका लागि एमसीसीले अनुदान सहयोग गर्छ । नेपालसहित २७ देशमा एमसीसीअन्तर्गतका परियोजना सञ्चालनमा छन् । यीमध्ये १७ मुलुकमा परियोजनाहरू कार्यान्वयनमा छन् ।

(एमसीसी) विषयमा नेपालमा बृहत बहसहरु हुँदै आएको छ । कतिपयले एमसीसी सिधै पास गराउनु पर्ने दवाव दिई रहेका छन् भने कति पय संशोधन सहित पारित गर्नुपर्ने पक्षमा छन् भने एकाथरी मत एमसीसी जस्तो राष्ट्रघाती संझौता कुनै पनि हालतमा गर्न नहुने बताउँदै आई रहेका छन् । फाईल फोटो