
धादिङ साउन १५ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ सिम्लेगैरीका एकै परिवारका चार बालबालिका आमा बाबु गुमाएपछि बिचल्लीमा परेका छन् ।
नीलकण्ठ नगरपालिका कार्यालयबाट मिनेटको दुरीमा रहेका यी अभिभाव बिहिन बनेका चार बालबालिकाहरु पढ्ने रमाउने बेलामा कठिन परिस्थीको सामना गरि रहेका छन् ।
उनिहरुको बुबाले ५ वर्ष पहिले धेरै ऋण लागेपछि आत्महत्या गरेर मरे । बाबुको मृत्युपछि आमाले ज्याला मजदुरी गरेर उनिहरुलाई पालनपोषण गर्दै आएकी थिईन् । आमा ३ महिना अघिदेखि जण्डीसको विरामी परे सँगै उपचार गर्न लगियो ।
जिल्लामा उपचार गराउँदा ५६ हजार ऋण लाग्यो । तर आमाको उपचार सफल हुन नसकेपछि ०७८ असार ७ गते मृत्यु भयो त्यसपछि १६ वर्षीय गोबिन्द उपरकोटी, १४ वर्षीय रामकृष्ण, ७ वर्षीया सरस्वती र ६ वर्षीया सरिता अभिभावक बिहिन हुन पुगेका हुन् । एउटा सिमेन्टले बनाएको दुई तलाको घर छ, झट्ट हेर्दा मध्यम परिवारको जस्तो देखिने घरमा छन् चार जना बालबालिका ।
खानका खानका लागि एक पाथी चामल बाहेक अन्य सामान नभएको घरमा अभावले घेरिएको अवस्थामा रहेका चार जनामध्ये दुई जना बालिका र २ जना बालकहरु छन् । १० कक्षामा पढ्दै गरेका १६ वर्षीय गोबिन्द उपरकोटीअनुसार आमाको उपचारका लागि बजारमा लिइएको ऋण तिर्न अझै समस्या छ ।
आफ्ना ३ जना भाइबहिनीहरुको एक्लो अभिभावक र संरक्षक भएका गोबिन्दले अब आफूहरुलाई सहारा आवस्यक छ तर सहारा बिहिन भएर बसीरहेको बताउनुभयो । गोबिन्दका भाइले पढाइ छाडेर बजारमा ज्याला गर्छन् । हार्डवयर पसलहरुमा भारी बोकेर जेनतेन पालिएको भएपनि भाइले कमाउन नसकेको दिन भोकै बस्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
गोबिन्दका ६ वर्षीया कान्छी बहिनी सरिता र ७ वर्षीया बहिनी सरस्वती पढ्न चाहन्छन् तर आफूहरुसंग पढाउने वातावरण बनाउन समेत कठिन रहेको उनि बताउँछन् ।
नीलकण्ठ नगरपालिकाले दुख पाएका गरिबहरुलाई किरिया खर्च घर घरमा गएर वितरण गर्दै हिडेको थियो तर नगरपालिकामा पहुँच नभएका कारण यो परिवार सम्म नगरपालिका पुग्न सकेको देखिएन । फोटो सिताराम अधिकारी
