धादिङ बोर्डिङले आजबाट भौतिक उपस्थिति मै परिक्षा लिंदै

Avatar photo
Dhadingpost
साउन १४, २०७८

धादिङ साउन १४ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ आवासीय माविले ५ कक्षा देखि माथिको परिक्षा आजबाट भौतिक उपस्थिति मै गर्ने भएको छ ।

नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट देखि सकेको र बालबालिकहरुमा जोखिम देखिन सक्ने हुँदा भौतिक दुरीमा पठन-पाठन नगर्न नगराउन हिजो मात्रै सरकारले सबै जिल्लालाई सर्कुलर जारी गरि सकेपनि धादिङ बोर्डिङले भने आजबाट परिक्षा भौतिक उपस्थिति मै गर्न लागको हो ।

स्नातकोत्तर, स्तनातक र कक्षा ११,१२ को परिक्षा भौतिक उपस्थितिमा गर्ने भए सँगै धादिङ बोर्डिङले अन्य परिक्षा भौतिक उपस्थितिमा गर्न लगेको प्रति अभिभावकहरु चिन्तित बनेका छन् ।

कोरोनाको जोखिम छ, भर्चुअल माध्यमबाट नानी बाबु पढि रहेका थिए परिक्षाको लागि भौतिक उपस्थिति अनिर्वाय भनेर विद्यालयले सूचना जारी गर्यो नपठाउन पनि भएन अभिावकहरुले चिन्ता व्यक्त गरेका छन् ।

धादिङ बोर्डिका प्र.अ. इश्वरी पाण्डेले आफुहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्ने गरि परिक्षा लिन लागेका हौं, सबै कक्षाको परिक्षा लिने गरि सूचना जारि गरिए पनि हाल कक्षा ५ देखि १० सम्म मात्रै आजबाट परिक्षा हुन लागेको धादिङपोष्टलाई बताए ।

यस्तो छ मन्त्रालयको सर्कुलर