धादिङमा आज ६८ जना डिस्चार्ज, ४४ जना संक्रमित थप

Avatar photo
Dhadingpost
साउन ९, २०७८

धादिङ साउन ९ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ६८ जना कोरोना मुक्त हुँदै डिस्चाज भएका छन् भने यहि अवधिमा ४४ जना कोरोना संक्रमितहरु थप भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज धुनीबेसीमा ५, गजुरीमा १, ज्वालामुखीमा २, त्रिपुरासुन्दरीमा ६, गंगाजमुनामा ६, खानीयाबासमा ४, रुवी भ्यालीमा १२ र धादिङ हस्पिटलमा ८ गरेर गरि ४४ जना छन् ।

हाल धादिङको सक्रिय केस ५६७ पुगेको छ । जिल्ला हस्पिटल आईशोलेसनमा १४, संस्थागत आईशोलेसनमा ६ र होम आईशोलेसनमा ५४७ रहेका छन् ।
धादिङ्ग हस्पिटलमा १८ स्वाब संकलन भएको छ । १०३ एनटीजेन परिक्षण मध्ये ४४ पोजिटिभ आएको छ ।