
धादिङ साउन ७ । काठमाडौंको भोटेबहालबाट प्रहरीले धादिङका ४ जना सहित एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु मध्ये ४ जना धादिङका ३२ वर्षीय सुमन अधिकारी, ४४ वर्षीय क्षेत्रबहादुर मोक्तान, ५१ वर्षीय ज्योतिप्रकाश श्रेष्ठ र धादिङ मलेखुकी ३० वर्षीय सरिता मल्ल गुरुङ रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरीका अनुसार, पक्राउ पर्ने अन्यमा घरधनी तथा सञ्चालक ५० वर्षीय शेरचन, ३४ वर्षीय हरिशरन थापा, भातीय नागरिक ३४ वर्षीय राहुल गुप्ता, काभ्रेकी ३० वर्षीय लक्ष्मी बानियाँ, झापा हल्दीबारीकी २४ वर्षीय चीना नेम्वाङ, भारत गुजरात घर बताउने ४० वर्षीय पुष्पा वली रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक बरामद गरेको छ ।
