
धादिङ साउन ७ । धादिङको ग्रामिण क्षेत्र र जिल्ला बाहिर बस संचालन गरि रहेको ग्रामिण यातायात धादिङ प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले पुरानै भाडा दरमा बस संचालन भै रहेको जानकारी गराएका छन् ।
बजारमा हल्ला आए जस्तो हामीले बढेको भाडा कार्यान्वयनको लागि आन्दोलन स्वरुप यातायात नै बन्द गराएका छैनौ पुरानै भाडा दरमा बस संचालन भैरहेको छ धादिङपोष्टलाई अध्यक्ष अधिकारीले बताए ।
अन्तर प्रदेश भाडा बढेसँगै आफ्नो समितिले पनि भाडा बढाएको तर बसवालाहरुलाई बढीभाडा लिएको भन्दै ट्राफिक प्रहरीले चिट खाट्न थाले पछि अर्को निर्णय नहुँदा सम्म पुरानै भाडा दरमा बस संचालन गरि रहेको उनले बताए ।
सरकारले अन्तर प्रदेश चल्ने यातायातको भाडा बढायो तर अन्तर जिल्ला चल्ने यातायातको बढाएन तेलको मुल्य त एकै होनी यस्तो अव्यहारिक निर्णय सरकारले पुनर विचार गर्नुपर्छ । पुरानै भाडामा बस संचालन गर्न सक्ने अवस्था छैन, कि तेलको मुल्य घट्नु पर्यो कि सरकारले भाडा बृद्धि गर्न दिनु पर्यो भन्ने हाम्रो माग यथावत छ तर हाल पुरानै भाडा मा बस संचालन गरिरहका छौं उनले भने ।
त्यसोत धादिङका अन्य बस संचालक समितिले चाहि नयाँ भाडा रेटमा बस चलाउन र ट्राफिक प्रहरीले बढी भाडा लिएको भन्दै जरिवाना लिए गाडी वालालाई त्यो रकम समितिले भुक्तानी दिने भनेको एक चालकले धादिङपोष्टलाई बताए ।
धादिङका सबै टिकट काउण्टरहरु खुल्ला रहेको र यात्रुहरुलाई टिकट नकाटी बसमा चढाउने गरेको र बाटोमा, बढेको भाडादरमा टिकट नदिई भाडा उठाउने गरेको पाईएको छ ।
त्यसोत ग्रामिण यातायात धादिङ प्रालिका अध्यक्ष अध्यक्ष राजेन्द्र अधिकारी भन्छन् , आफै धादिङका सबै काउण्टरमा पुगेर अर्को निर्णय नआउँदा सम्म पुरानै भाडादरमा टिकट काट्न भनेको बताउँछन् ।
यहि भाडा दरमा बस संचालन गर्न सकिँदैन, प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं केहि दिन पर्खन मौखिक आग्रह भएको छ । भाडा बढ्छ त्यसैले अहिले आन्दोलनमा आफुहरु ब्याक भएको उनी बताउँछन् ।
धादिङका समितिहरुले केहि दिन अघि १८५ को भाडा बढाएर २३५ पुर्याएका थिए । यसको सवत्र विरोध भए सँगै ट्राफिक प्रहरीले आफुखुसी भाडा बृद्धि गरेको भन्दै जरिवाना गराउन थाले पछि धादिङमा यातायात संचालक समितिहरुले बस नचलाउने निर्णय गरेका थिए ।
