
धादिङ साउन ६ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ६५ जना कोरोना मुक्त भई आईशोलेसनबाट मुक्त भएका छन् भने यहि अवधिमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धुनीबेसी नगरपालिकामा ५, रुबीभ्यालीमा गाउँपालिकामा १५ र धादिङ हस्पिटलमा ९ गरेर आज जिल्लामा २९ पोजिटिभ केस देखिएको छ ।
जिल्लाको सक्रिय केस ५९२ पुगेको छ । जिल्ला हस्पिटल आईशोलेसनमा १७, संस्थागत आईशोलेसनमा १८ र होम आईशोलेसनमा ५५७ रहेका छन् ।
जिल्लामा आज स्वाब संकलन भएको छैन । ६० एनटीजेन परिक्षण मध्ये २९ पोजिटिभ आएको छ ।

