धादिङमा बस भाडा २८ प्रतिशतले बृद्धि (भाडा दररेट समेत)

Avatar photo
Dhadingpost
साउन २, २०७८

धादिङ साउन २ । धादिङबाट विभिन्न स्थानमा चल्ने यात्रु बहाक बसमा अहिले साविकको भाडामा २८ प्रतिशतले बृद्धि भएको छ ।

सरकारले अन्तर प्रदेश चल्ने लामो रुटका बसहरुमा भाडा बृद्धि गरे पनि धादिङका यातायात संचालन संस्थाहरुले साविकको दरमा तेलको मुल्य बृद्धिले चलाउनै नसक्ने अवस्थामा थियो । लामो दुरी चल्ने मात्रै हैन सबै यातायातमा भाडा समायोजन गर्ने, बृद्धि गर्ने निर्णय भएकोले हामीले बढाएका हौं ग्रामिण यातायात सहकारीका संचालक समिति सदस्य विनोदबाबु रिमाल बताउँछन् ।

धादिङ काठमाडौं सविकको भाडा १८५ हो यसमा २८ प्रतिशत बृद्धि गर्दा २३७ हुने हो तर हामीले २३५ मात्रै लिने भनेका छौं । जिल्लाबाट चल्ने सबै यात्रुबहाक बसले २८ प्रतिशद सम्म भाडा बढाउन पाउने व्यवस्था भएको रिमाल बताउनँछन् ।

यस्तो छ बसभाडा दर रेट

धादिङबाट

  • धादिङबेसी-ससाह भाडा रु.२५
  • धादिङबेसी-डुम्रेखोला भाडा रु.३५
  • धादिङबेसी-कालिदह भाडा रु.४०
  • धादिङबेसी-नलाङ बैरेनी भाडा रु.४५
  • धादिङबेसी-बुङ्चुङ भाडा रु.५५
  • धादिङबेसी-फिफिसेटार भाडा रु.६५
  • धादिङबेसी-मलेखु भाडा रु.७५
  • धादिङबेसी-गजुरी भाडा रु.९०
  • धादिङबेसी-घाटबेसी भाडा रु.१००
  • धादिङबेसी-आदमघाट भाडा रु.११५
  • धादिङबेसी-मासटार भाडा रु.१२५
  • धादिङबेसी-गल्छी भाडा रु.१४०
  • धादिङबेसी-सिम्ले भाडा रु.१५५
  • धादिङबेसी-महादेवबेसी भाडा रु.१७०
  • धादिङबेसी-जुगेखोला भाडा रु.१८५
  • धादिङबेसी-धार्के भाडा रु.१९५
  • धादिङबेसी-नौबिसे भाडा रु.२००
  • धादिङबेसी-खानीखोला भाडा रु.२१०
  • धादिङबेसी-टायलघर भाडा रु.२२०
  • धादिङबेसी-काठमाडौं भाडा रु.२३५

काठमाडौंबाट

  • काठमाडौं-टायलघर भाडा रु.५०
  • काठमाडौं-खानीखोला भाडा रु.६५
  • काठमाडौं-नौबिसे भाडा रु.७५
  • काठमाडौं-धर्के भाडा रु.८५
  • काठमाडौं-जुगेखोला भाडा रु.९५
  • काठमाडौं-महादेवबेसी भाडा रु.१०५
  • काठमाडौं-सिम्ले भाडा रु.१२०
  • काठमाडौं-गल्छी भाडा रु.१४०
  • काठमाडौं-मासटार भाडा रु.१५०
  • काठमाडौं-आदमघाट भाडा रु.१६०
  • काठमाडौं-घाटबेसी भाडा रु.१७०
  • काठमाडौं-गजुरी भाडा रु.१८०
  • काठमाडौं-मलेखु भाडा रु.१९०
  • काठमाडौं-फिसफिसेटार भाडा रु.२००
  • काठमाडौं-बुङ्चुङ भाडा रु.२१०
  • काठमाडौं-नलाङबैरेनी भाडा रु.२१५
  • काठमाडौं-कालिदह भाडा रु.२२०
  • काठमाडौं-डुम्रेखोला भाडा रु.२२५
  • काठमाडौं-ससाह भाडा रु.२३०
  • काठमाडौं-धादिङबेसी भाडा रु.२३५

डिलक्स दिवा सेवा

  • धादिङबेसी-काठमाडौंभाडा रु.२९०
  • काठमाडौं-धादिङबेसी भाडा रु.२९०
  • काठमाडौं-आरुघाट रु.५८५
  • धादिङबेसी-आरुघाट रु.२९५

रात्री सेवा

  • काठमाडौं-आरुघाट रु.७५०
  • आरुघाट-काठमाडौं रु.७५०
  • काठमाडौं-धादिङबेसी रु.३७५
  • मलेखु-धादिङबेसी रु. १००