
धादिङ असार २५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना कोरोना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा ७, ज्वालामुखीमा ८, गल्छीमा १, धुनीबेसीमा ४, गजुरीमा २, नेत्रावाती डवजोङमा ३, धादिङ हस्पिटलमा १२ गरि ३७ जना छन् ।
यो सँगै धादिङको सक्रिय केस ५३७ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १९, संस्थागत आईशोलेसनमा १२ र होम आईशोलेसनमा ५०६ रहेका छन् ।
सिद्धलेकमा १०, धादिङ हस्पिटलमा ३२ गरेर आज जिल्लामा ४२ स्वाब संकलन भएको छ । ८७ एनटीजेन परिक्षण ३७ पोजेटिभ आएको छ।

