
धादिङ असार २५ । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना डेल्टा प्लस भेरिएन्ट भेटिएको त्रिशुली अस्पतालले पुष्टि गरेको छ ।
त्रिशुली अस्पताल पीसीआर प्रयोगशालामा पोजेटिभ देखिएका ४ वटा स्वाबका नमुनाहरु राष्ट्रिय प्रयोगशाला काठमाडौं मार्फत अन्तराष्ट्रिय प्रयोगशालामा gene sequencine गर्न पठाईएकोमा ३ वटा स्वाबका नमुनाहरु Delta (B.617.2) र बाँकी १ वटामा Delta (B.167.2) + K417N प्रमाणित भएको त्रिशुली अस्पतालले जनाएको हो ।
अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै यो कोरोना डेल्टा प्लस भेरिएन्ट ६० देखि १०० भन्दा बढी संक्रमक रहेको बताउँदै यो कोभिडको तेस्रो लहरको उत्पेरक हुने उच्च सम्भावना रहेको बताएको छ ।
विज्ञप्ती जस्ताको तस्तैः


