
धादिङ असार २० । धादिङको गजुरी गाउँपालिका स्थित आदमघाटमा रहेको भूपाल ईन्टरप्राइजेजलाई बजार अनुगमन टोलीले १० हजार जरिवाना गराएको छ ।
म्याद गुज्रिएका सामग्रीहरु फेला परेको, सुरक्षा मापदण्ड पुरा नगरेको, मदिराको छुट्टै काउन्टर नबनाई बिक्री गर्ने गरेको, अनुमति बिना फलफूल तथा फेन्सी बिक्री गरेले भूपाल इन्टरप्राइजेज जरिवाना गरिएको जिल्ला प्रशासन धादिङले जनाएको छ ।
यस्तै अनुगमन टोलीले गजुरी जरेखेतमा रहेको विपिसा ईन्टरप्राइजेजलाई पनि म्याद गुज्रिएका सामग्रीहरु विक्रि वितरण गरेको बेनिघाटमा दर्ता गरेर गजुरी गाउँपालिकामा व्यवसाय सञ्चालन गरेको र बिल बिजक समेत नभएका देखाउँदै ५ हजार जरिवाना गरेको छ ।

