
धादिङबेसी असार १९ । प्रतिनीधिसभा विघटनको विरुद्धमा धादिङका ४ विद्यार्थी संगठनहरुले धादिङबेसीमा राँके जुलुस प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेस निकट नेवि संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले (नेपाल समुह) निकट अनेरास्ववियु, जसपा निटक राष्ट्रिय विद्यार्थी संघ गठबन्धनले आज साँझ राष्ट्रपति र प्रधान मन्त्रीले चालेको पछिल्लो कदमका विरुद्ध राँके जुलुस गरिएको जनाएका छन् ।
विद्यार्थीहरुले नीलकण्ठ क्याम्पस देखि बीचबजार सम्म राँके जुलुस गरेका थिए ।

