
धादिङ असार १५ । धादिङबेसीमा रहेका ३ वटा डेरीलाई बजार अनुगमन टोलीले कार्वाही स्वारुप नगद जरिवाना गराएको छ ।
जिल्ला प्रशासन धादिङले दिएको जानकारी अनुसार पशुपति दुग्ध उत्पादक डेरी, सिरानबजारलाई १० हजार, एन. के. डेरी, बीच बजारलाई १५ हजार र धादिङ डेरी सेन्टर, पुछार बजारलाई १५ हजार नगद गरिवाना गरिएको हो ।
अनुगनमा प्राप्त निर्देशनको पालना नगरेको, सरसफाईमा अत्यधिक लापरबाही गरेको, कोभिड-१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्डहरु पालना नगरेको, उद्योगमा अपनाउनु पर्ने सावधानी, सतर्कता नअपनाएको र आवश्यक पूर्वाधारहरु समेत नबनाएको पाइएकोले यी डेरीलाई कार्वाही गरिएको प्रशासनले जनाएको छ ।

