धादिङमा आज ७२ जना डिस्चार्ज, २५ जना संक्रमित थप

Avatar photo
Dhadingpost
असार १२, २०७८

धादिङ असार १२ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७२ जना कोरोना संक्रमितहरु निको भए सँगै आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने आजै २५ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज पोजेटिभ पुष्टि हुनेमा नीलकण्ठ १, धुनिबेसिमा ३, सिद्धलेकमा १, गजुरीमा १, बेनिघाटमा ४, त्रिपुरासुन्दरीमा १, ज्वालामुखीमा १, रुबिभ्यालिमा ४ र धादिङ्ग हस्पिटलमा ९ गरि आज जिल्ला भित्र २५ जना छन् ।

संक्रमित मध्ये ६३४ जना जिल्ला भित्र र ८१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६५७ पुगेको छ ।

आज जिल्लाभरका थप ७२ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार २६४ पुगेको छ भने सक्रिय केश ७१५ रहेको छ ।

जिल्ला भित्र अस्पताल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ३० र होम आइसोलेसनमा ५९१ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ रहेका छन्।

संक्रमणका कारण जिल्लामा हालसम्म ७३ जनाको मृत्यु भएको छ । आज जिल्लाभर ५६ जनाको एन्टिजेन परिक्षण गरिएको छ ।