
धादिङ असार ११ । पछिल्लो २४ घण्टाको अवधिमा धादिङ जिल्लामा ११४ जना कोरोना संक्रमण निको भएर आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने आजै १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज थपिएका कोरोना संक्रमितहरु थाक्रेमा १, नेत्रावतीमा ४, रुबीभ्यालीमा २, ज्वालामुखीमा १, गंगाजमुनामा ७ र धादिङ अस्पतालमा ३ गरि १८ छन् ।
हाल धादिङमा कोरोना संक्रमणको सक्रिय केस ७६२ जना छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १०, संस्थागत आईशोलेसनमा २९ र होम आईशोलेसनमा ६४२ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २४ र होमआईशोलेसनमा ५७ रहेका छन् ।
सिद्धलेकमा ३५ र धादिङ हस्पिटलमा १४ गरेर आज जिल्ला भित्र ४९ स्वाब संकलन भएको छ । ६७ एनटीजेन परिक्षण मध्ये १८ पोजिटिभ आएको छ ।

