धादिङमा ४ दलिय गठबन्धनको बैठक जारी

Avatar photo
Dhadingpost
असार ११, २०७८

धादिङ असार ११ । धादिङबेसी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा ४ दलिय गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमको विरुद्धमा बनेको जिल्ला स्तरीय यस गठबन्धमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समुह) र जसपाका नेताहरु सहभागि छन् ।

ओलीको असंवैधानिक कदमको विरुद्धमा जारी संघर्षका कार्यक्रमहरुका विषयमा समिक्षा र भावी कार्यक्रम तयका विषयमा छलफल भई रहेको वैठकमा सहभागि एक नेताले धादिङपोष्टलाई जानकारी दिए ।

बैठकमा काँग्रेसका तर्फबाट रमेश धमला, नवराज तिमल्सिना, माओवादी केन्द्रबाट शालिकराम जमकट्टेल, दलबहादुर बुर्लाकोटी, दिपक विश्वकर्मा, माधव नेपाल पक्षबाट शिवराज कडेल, नवराज छत्कुली जसपाबाट राम ढकाल लगायतको उपस्थिति रहेको बैठकमा सहभागि ति नेताले बाताए ।