धादिङमा बजार अनुगमन जारी, चरौंदीको सुशिला किराना स्टोरलाई जरिवाना

Avatar photo
Dhadingpost
असार ९, २०७८

धादिङ असार ९ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालय धादिङले विगत १ महिना देखि दैनिक रुपमा पसलहरु अनुगमन गर्दै आई रहेको छ । यसै क्रममा मंगलबार चरौंदीमा रहेको सुशिला किराना स्टोरलाई कार्वाही स्वरुप जरिवाना गरिएको छ ।

बेनिघाट रोराङ ७, चरौंदीमा उक्त सुशिला किराना स्टोरले यस अघि नै अनुगमन टोलीले सुधारको लागि दिएको निर्देशन अटेरी गरेको, बिल बिजक नभएको, म्याद गुज्रिएका सामग्रीहरु फेला परेको र अनुमति बिना मदिरा बिक्री गरेको पाईएकोले कार्वाही स्वरुप १० हजार जरिवाना गरिएको जिल्ला प्रशासन धादिङले जनाएको छ ।

यस्तै अनुगमन टोलीले बेनिघाट रोराङ ७, चरौंदीमै रहेको एम. फोर ए. टु सप्लायर्सले पनि यसअघि अनुगमन टोलीले दिएको निर्देशनको पालना नगरेको, म्याद गुज्रिएका सामग्रीहरु म्याद भएका सामग्रीसँगै मिसाई बिक्री गर्ने गरेको र अनुगमन टोलीलाई असहयोग गरेका कारण ५ हजार जरिवाना गरिएको जनाएको छ ।