धादिङमा आज ९१ जना डिस्चार्ज, ५८ जना संक्रमित थप, ३ जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार ६, २०७८

धादिङ असार ६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ९१ जना कोरोना संक्रमण मुक्त भएका छन्, भने ५८ जना कोरोना संक्रमित थप भए । यहि अवधिमा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज नीलकण्ठमा ७, धुनीबेसीमा १, बेनिघाट रोराङमा १, ज्वालामुखीमा २३, गल्छीमा २, त्रिपुरासुन्दरीमा ४, नेत्रवाती डवजोङमा १ र धादिङमा अस्पतालमामा ३ र जिल्ला बाहिरको १६ गरि ५८ जना छन् ।

आजै नीलकण्ठको ४५ वर्षिय पुरुष र थाक्रेको २३ र ६५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो संगै धादिङमा कोरोना संक्रमणको कारण मृत्यु संख्या ६८ पुगेको छ ।

जिल्ला भित्र ७४६ र जिल्ला बाहिर १०५ गरेर धादिङको सक्रिय केश ८५१ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १७, संस्थागत आईशोलेसनमा ३३ र होम आईशोलेसनमा ६९६ रहेका छन्। त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ३० र होम आईशोलेसनमा ७५ रहेका छन् ।

नीलकण्ठमा २२४ र गजुरीमा ७ गरेर आज २३१ स्वाब संकलन भएको छ । ३५ एनटीजेन परिक्षण मध्ये १० पोजिटिभ आएको छ ।