धादिङ अस्पतालमा अक्सिजन प्लान्ट जडान भयो

Avatar photo
Dhadingpost
असार ६, २०७८

धादिङ असार ६ । धादिङबेसी सदरमुकाम स्थित धादिङ अस्पतालमा अक्सिजन प्लान्ट जडान भए सँगै विरामीको बेड बेडमा अक्सिजन पुगेको छ ।

जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाका अनुसार यस प्लाण्टले प्रतिमिनेट ८५–९० लिटरसम्मको अक्सिजन उत्पादन गर्ने छ ।

उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आई.सी.यू. र अन्य वार्डमा रहेका बेडबेडमा पुर्‍याईएको र यस प्लान्ट जडानका लागि भ्याट बाहेक ४० लाख रुपैयाँ लगानी भएको अस्पतालले जनाएको छ ।