धादिङमा आज १२८ जना कोरोना संक्रमित थप, १०४ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
असार ४, २०७८

धादिङ असार ४ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने अहि अवधिमा १०४ जना संक्रमितहरु कोरोना मुक्त हुँदै आईशोलेसनबाट डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा नीलकण्ठमा १, धुनिबेसिमा २, गजुरीमा ३, गंगाजमुनामा १४, गल्छीमा ५, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा १०, रुबीभ्यालीमा १, धादिङ अस्पतालमा ७७ र जिल्ला बाहिर १४ गरी १२८ जना रहेका छन् ।

हाल जिल्ला भित्र ८२० र जिल्ला बाहिर ९२ गरेर धादिङको सक्रिय केस ९१२ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १८, संस्थागत आईशोलेसनमा ३४ र होम आईशोलेसनमा ७६८ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हसितल आईशोलेसनमा २३ र होम आईशोलेसनमा ६९ रहेका छन् ।

नीलकण्ठमा ८७ र सिद्धलेकमा १८ गरेर १०५ स्वाब संकलन भएको छ । आज २१९ एनटीजेन परिक्षण मध्ये १०३ पोजिटिभ देखिएको छ ।