धादिङमा आज १२० जना कोराना मुक्त, ४६ संक्रमित

Avatar photo
Dhadingpost
असार ३, २०७८

धादिङ असार ३ । धादिङमा पछिल्लो २४ घण्टाको अवधीमा १२० जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् भने ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमित हुनेमा नीलकण्ठमा २७, गजुरीमा २, धुनिबेसीमा १, गल्छीमा ५, बेनिघाट रोराङमा ३, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा १, गंगाजमुनामा २, सिद्धलेकमा १ र रुबीभ्यालीमा ३ गरि जिल्ला भित्र ४६ जना रहेका छन् ।

जिल्ला भित्र ८०३ र जिल्ला बाहिर ८५ गरेर धादिङको सक्रिय केस ८८८ पुगेको छ। जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १८, संस्थागत आईशोलेसनमा ३२ र होम आईशोलेसनमा ७५३ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा २१ र होम आईशोलेसनमा ६४ रहेका छन् ।

आज ४५ एनटीजेन परिक्षण गरिएको मध्ये १७ पोजिटिभ आएका छ ।