
लण्डन असार १ । धादिङ नुवाकोट समाज युकेको अध्यक्षमा धादिङ धुवाँकोट घर भई युके बस्दै आउनु भएका धन बहादुर तामाङ चयन हुनुभएको छ ।
धादिङमा रहँदा साविक धुवाकोट गाविसको अध्यक्ष, राष्ट्रिय महासंघको केन्द्रिय कोषाध्यक्ष हुँदै सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल तामाङ आईतबार सम्पन्न पाँचौ अधिवेशनबाट धादिङ नुवाकोट युके समाजको अध्यक्षमा चयन हुनुभएको हो ।
नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा गोल बहादुर तामाङ, मोतिमान बज्राचार्य, शंकरजङ लामा, महासचिवमा बुद्धी बहादुर तामाङ, पदमा तामाङ, सर्मिला मम्बा, कोषाध्यक्षमा शेर पाख्रीन, सह कोषाध्यक्षमा राजु मम्बा छन् ।
पूर्व संस्थापक अध्यक्ष्य, नारायण गुरुङ, पुर्व अध्यक्ष बम गुरुङ, पूर्व अध्यक्ष राम ब गुरुङ र सल्लाहकार राम शरण सिम्खडा लगायतको आतिथ्यता रहेको थियो ।
भर्चुगल माध्यमबाट भएको यस अधिबेशनमा नि वर्तमान अध्यक्ष सी बि तामाङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै नयाँ कार्य समितिलाई कार्यसफलताको शुभकामना र बधाई ज्ञापन गर्नुभएको थियो ।
