
धादिङ जेष्ठ २६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०२ जना संक्रमित थपिएका छन् भने ४० जना डिस्चाज र १ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो थप संक्रमितमा निलकण्ठमा ३४, गजुरीमा १, धुनिबेसिमा ७, बेनिघाटमा ४, गंगाजमुनामा ९, गल्छीमा १, त्रिपुरासुन्दरीमा १, खानियाबासमा ८ र रुबिभ्यालिमा १८ र जिल्ला बाहिर १९ गरि १०२ जना छन् ।
यहि अवधिका ज्वालामुखीको १ जना ४६ वर्षिय पुरुषको मृत्यु संगै जिल्लाको मृत्यु संख्या ६० पुगेको छ ।
जिल्ला भित्र १ हजार २०६ र जिल्ला बाहिर १४५ गरेर धादिंगको सक्रिय केस १ हजार ३५१ पुगेको छ । जिल्ला भित्र हस्पिटल आईशोलेसनमा १४, संस्थागत आईशोलेसनमा ३१ र होम आईशोलेसनमा १ हजार १६१ रहेको छ । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ३० र होम आईशोलेसनमा ११५ रहेका छन् ।
निलकण्ठमा १२६ र बेनिघाटमा ७७ गरि आज जिल्ला भित्र २०३ स्वाब संकलन भएको छ । १३३ एनटीजेन परिक्षण मध्ये ३७ पोजिटिभ आएको छ ।

