
धादिङ जेष्ठ २० । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधिमा धादिङमा १२१ जना कोरोना निको भई आईशोलेशनबाट मुक्त भए भने एक जनाको मृत्यु भएको छ ।
आज संक्रमित हुनेमा नीलकण्ठमा ७५, धुनीबेसीमा ११, गल्छीमा ६, बेनीघाट रोराङमा २, त्रिपुरासुन्दरीमा २, थाक्रेमा १, गंगाजमुनामा २४ खानियाबासमा ६ र जिल्ला बाहिरको २१ गरी १४५ जना छन् ।
आजै ज्वालामुखीमा ७४ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ यो संगै धादिङमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
जिल्ला भित्र १,३८६ र जिल्ला बाहिर १५१ गरेर जिल्लाको सक्रिय केश १,५३७ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा ३२ र होम आइसोलेसनमा १३३३ रहेका छन्। त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३० र होम आइसोलेसनमा १२१ रहेका छन् ।
नीलकण्ठमा १३३ र गंगाजमुनामा ५९ गरि आज जिल्ला भित्र १९२ स्वाब संकलन भएको छ । १०९ एनटीजेन परिक्षण मध्य ४२ जनामा पोजिटिभ आएको छन् ।

