
धादिङ जेष्ठ १८ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमणबाट मुक्त हुँदै आईशोलेशनबाट डिस्चार्ज भएका छन् । भने आजै ३५ जना संक्रमित धादिङमा थपिए ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिका थप भएका संक्रमितहरु निलकण्ठमा ११, गल्छीमा ६, गंगाजमुनामा ९, थाक्रेमा ३, त्रिपुरासुन्दरीमा १ र धादिङ अस्पतालमा ५ गरेर जम्मा ३५ रहेका छन् ।
थाक्रेमा आज ६५ वर्षिय पुरुषको मृत्यु भएको छ र यो संगै जिल्लाको मृत्यु संख्या ५० पुगेको छ ।
जिल्ला भित्र १४५६ र जिल्ला बाहिर ११० गरेर धादिङको सक्रिय केस १ हजार ५६६ पुगेको छ । धादिङ अस्पताल आइशोलेशनमा २१, संस्थागत आइसोलेसनमा १९ र होम आइसोलेसनमा १ हजार ४१६ जना रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा ८५ रहेका छन् ।
आज गजुरीमा ७ स्वाब संकलन भएको छ । ४७ एनटीजेन परिक्षण मध्य २१ पोजिटिभ आएको छ।

