
धादिङ जेष्ठ १७ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिका ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार पछिल्लो २४ घण्टाको अवधिमा निलकण्ठमा १८०, गजुरीमा २, बेनिघाटमा ६, ज्वालामुखीमा ६८, त्रिपुरासुन्दरीमा ३, गंगाजमुनामा १९, नेत्रवाति डवजोङमा ३, थाक्रेमा २२, रुबीभ्यालिमा ३, धादिङ हस्पिटलमा १२ गरि ३१८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
धादिङ आजै १४२ जना कोरोना संक्रमणबाट मुक्त भै डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणका कारण गंगाजमुनामा आज ७१ वषिृय पुरुषको मृत्यु भएको छ र यो संगै जिल्लाको मृत्यु संख्या ४९ पुगेको छ ।
जिल्ला भित्र १ हजार ४८२ र जिल्ला बाहिर १३० गरि जिल्लाको सक्रिय केस १ हजार ६१२ पुगेको छ ।
जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसानमा १ हजार ४४४ रहेका छन् । त्यसै गरि जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १०५ रहेका छन् ।
आज जिल्ला भित्र १३६ स्वाब संकलन र १०५ एनटीजेन परिक्षण भएको छ ।

