
धादिङ जेष्ठ १५ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङले जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मीहरुलाई उपहार दिएर सम्मान गरेको छ ।
१४ औं गणतन्त्र दिवसको आवसरमा आज जेठ १५ गते नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङले कोभिड १९ उपचारमा अहोरात खटिएर बिरामीको सेवामा तल्लिन स्वास्थ्यकर्मीहरुको हौसला प्रदान गर्दै उपहार सहित सम्मान गरेको हो ।

