
धादिङ जेष्ठ ७ । जिल्ला प्रशासन कार्यालय धादिङले कोरोना रोकथामको नाममा आफुखुसी रकम संकलन नगर्न निर्देशन दिएको छ ।
सहाय प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले एक सुचना जारी गर्दै यहि कोहि कसैले आर्थिक संकलन गरेको भए गैरकानुनी कार्य हुने र उक्त कार्य गर्ने उपर कानुनी कार्वाही गरिने जनाएका हुन् ।
सूचनामा भनिएको छ, कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको कार्यमा कसैले स्वेछिक आर्थिक सहयोग गर्न चाहेमा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सिधै जम्मा गर्न सकिने छ ।
सूचना जस्ताको तस्तैः


