सांसद डा. रामकुमार अधिकारीलाई मातृ शोक

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७८

धादिङ जेष्ठ ५ । बागमती प्रदेशका सामाजिक विकास राज्य मन्त्री एवम् धादिङका बागमती प्रदेश सांसद डा. रामकुमार अधिकारीलाई मातृ शोक परेको छ ।

सांसद डा. रामकुमार अधिकारीको ९४ वर्षिय आमा तुलसी कुमारी अधिकारीको उपचारको क्रममा निधन भएको धुवाँकोटबाट बोदप्रसाद नेपालले धादिङपोष्टलाई बताउनु भयो ।

कोभिड-१९ पोजेटिभ भए सँगै उहाँलाई काठमाडौं स्थित मनमोहन हस्पिटल लगिएको थियो ।