धादिङको एमाले कार्यालयलाई आईशोलेशन बनाईने

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७८

धादिङ बैशाख ३० । कोभिड १९ नया भेरियन्टको महामारीबाट जनतालाई बचाउन नेकपा एमालेले पार्टी कार्यालय समेत कोभिड अस्पतालका लागि उपलब्ध गराउने भएको छ ।

नेकपा एकाले धादिङका सचिव अर्जुन श्रेष्ठ गोर्खालीले पार्टीको सल्लाह बमोजिम नेकपा एमाले धादिङको कार्यालयलाई आईशोलेशन बनाउने सहमति भएको बताउनु भयो ।

जनताहरु कोरोनाले थला परेको बेला पार्टी काम भनेको जनतालाई बचाउने भएकोले कोरोना संक्रमित विरामी राख्ने आईशोलेशन बनाउन सरकारलाई पार्टी कार्यालय दिईने श्रेष्ठको भनाई छ ।

प्रधानमन्त्री केपि ओलीले पार्टी कार्यकर्ता र संगठनहरुलाई कोभिड विरुद्ध लाग्न निर्देशन दिएपछि एमालेले जिल्लाभर सचेतना अभियान समेत संचालन गरिरहेको र स्थानीय सरकारलाई समेत सघाएको छ ।