
धादिङ बैशाख २५ । धादिङ जिल्लामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको र ९ जना कोरोना मुक्त भएर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज संक्रमित हुनेमा गजुरी गाउँपालिकामा ४ जना, थाक्रे गाउँपालिकामा ६ जना र गल्छी गाउँपालिकामा ५ गरेर १५ जना छन् ।
जिल्ला भित्र हाल सक्रिय केश ४४० र जिल्ला बाहिरको सक्रिय केश १७९ गरेर जम्मा सक्रिय केश ६१९ पुगेको छ ।
आज गंगाजमुना गाउँपालिकामा ५, थाक्रे गाउँपालिकामा ७ र रुबीभ्याली गाउँपालिकामा ३६ गरेर जिल्लामा ४८ स्वाब संकलन भएको जनाईएको छ ।

