विश्व प्रेस स्वतन्त्रता दिवसमा एफएनजे युरोपको शुभकामना अदानप्रदान

Avatar photo
Dhadingpost
बैशाख २२, २०७८

काठमाडौ, बैशाख २१ । नेपाल पत्रकार महासघ युरोप शाखाले बिश्व प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता दिबसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।
महासघंका अध्यक्ष प्रेम बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा युरोप भरि रहेका पत्रकारहरुले आफुले पत्रकारिताको दौरानमा भोगेका समस्याहरु ,नेपाली समाजलाई अगाडी बढाउन आफुहरुले खेलेको भुमिका लगाएतका विषयमा अनुभाव सुनाएका थिए ।
एफएनजे युरोप शाखाका महासचिव द्रोण रिजालको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघ युरोप शाखाकै सचिवहरु शेर बहादुर परियार पोल्याण्ड , कमल पराजुली स्पेन, महिन्दो वाईबा, उपाध्यक्षहरु प्रेमचन्द्र पोमु , जंगम खडका, दिल निसानी मगर तथा सदस्यहरु युवराज फुयॉल, दिनेश गौतम साईप्रस, अनिल पौडेल पोल्याण्ड लगायतले शुभकामना दिनुभएको थियो । साथै पत्रकारहरुको जीवन रक्षाका लागि सबै पत्रकारहरु एकजुट भएर अगाडी बढनुपर्ने सबैको धारणा रहेको थियो ।
कोभिडले गर्दा धेरै पत्रकारहरु, प्रदेशमा बस्ने पत्रकारहरुको बेरोजगार भएको , प्रवासमा बस्ने पत्रकारहरुको अवस्था लगाएतका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।