अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनको अध्यक्षमा धादिङका धिरज शर्मा चयन

Avatar photo
Dhadingpost
अशोज १४, २०८३

धादिङ । अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेनको अध्यक्षमा धादिङका धिरज शर्मा चयन भएका छन् । स्पेनको बार्सिलोनामा सम्पन्न पाँचौँ अधिवेशनबाट नीलकण्ठ नगरपालिका–१४ का शर्मा अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। शर्माको चयनसँगै धादिङबाट स्पेनमा सक्रिय नेपाली समुदायको सामाजिक तथा संगठनात्मक भूमिकामा थप प्रतिनिधित्व भएको छ ।

आयुश शर्माका अनुसार अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेन नेकपा निकट स्पेनमा रहेका नेपालीहरूको संगठन हो । संगठनले स्पेनमा रहेका नेपाली समुदायबीच आपसी सहकार्य, सामाजिक गतिविधि तथा संगठनात्मक गतिविधिमा काम गर्दै आएको जनाइएको छ ।

धिरज शर्मा धादिङको नीलकण्ठ नगरपालिका–१४ का हुन्। उनी लामो समयदेखि स्पेनमा रहेर नेपाली समुदायका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन् ।