धादिङका डा. रामकुमार अधिकारी बागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त

Avatar photo
Dhadingpost
बैशाख १५, २०७८

धादिङ बैशाख १५ । धादिङबाट प्रदेश सांसदमा निर्वाचित डा. रामकुमार अधिकारी बागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्री बन्नु भएको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरे सँगै धादिङका सांसद अधिकारी सामाजिक विकास राज्यमन्त्री बन्नु भएको हो ।

पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डेले पाएका छन् ।

त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत छन् । ४ जना मन्त्रिहरुकोे ४ बजे सपथग्रहण हुने बताइएको छ ।