
धादिङ बैशाख १३ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले कोरोना भाईरस संक्रमणको जोखि न्यूनिकरणका लागि गाउँपालिका भित्रका नीजी तथा सरकार विद्यालयहरु बन्द गराउने निर्णय गरेको छ ।
नेपालमा नयाँ भेरियन्ट सहितको कोभिड १९ को महामारीबाट जोगिन र जोगाउन भौतिक रुपमा उपस्थित नभई पठपाठन गर्न आव्हान गर्दै बेनीघाट रोराङका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले विज्ञप्ती जारी गर्दै विद्यालय बन्द गर्न दिर्नेशन गर्नु भएको हो ।
गाउँपालिकाको उक्त निर्देशन बमोजिम चन्द्रोदय मावि विशालटार, बागेश्वरी मावि रिचोकटार लगाएत का विद्यालयहरुले विद्यालय बन्द गरिएको र पठनपाठन अब अनलाईनबाट गरिने जनाएका छन् ।

