
प्रेमबहादुर नेपाली
धादिङ बैशाख ८ । धादिङ सुनौलाबजारमा २०५९ देखि संचालित भैरबी खानेपानी आयाेजनाको ट्रान्सर्फमर चाेरी भएकाे छ । करीव ५ लाख पर्ने उक्त ट्रान्सर्फमर मंगलबार राति चाेरी भएकाे प्रहरीले जनाएकाे छ । १६० घरधुरी लाभान्वित यस लिफ्ट भैरबी खानेपानी आयाेजनाकाे पानी तान्न प्रयाेगमा ल्याईएकाे ट्रान्सर्फमर चाेरि भए सँगै स्थानीयमा खानेपानी समस्या हुन थालेकाे छ ।
