
धादिङ चैत्र २१ । पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्ष पदका लागि प्रेस चौतारीका सिताराम अधिकारी र राजाराम शर्माले दावी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय एमाले निकट प्रेस चौतारीका तर्फबाट सिताराम अधिकारी र नेपाल पक्षिय एमाले निकट प्रेस चौतारीका तर्फबाट राजाराम शर्मा दुबै जनाले अध्यक्षमा दावी गरेका हुन् ।
अधिकारी ०५४ साल देखि निरन्तर धादिङमा रहेर पत्रकारिता गरि रहेका छन् भने शर्मा रेडियो धादिङका स्टेशन म्यानेजर हुन् ।
आफु साझा अध्यक्षका रुपमा उम्मेदवारी दिन लागेको अधिकारी बताउँछन् भने शर्माले आफु प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेको बताएका छन् । तथापी यो गठबन्धनले कस्लाई कुन पदमा उम्मेदवारी बनाउने भन्ने निर्णय गरि सकेको छैन ।
गठबन्धनको हिस्सेदार प्रेस युनियनका अध्यक्ष पोषनाथ अधिकारी पनि अध्यक्षको दावेदारका रुपमा चर्चामा रहेपनि धादिङपोष्ठ सँग कुरा गर्दै गठबन्धन बनेको छ, गठबन्धनले कस्लाई उम्मेदवार मनाउँछ त्यो स्वीकार्छु अहिले नै आफ्नो दावी रहेको नबताउने बताउनु भयो ।
पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते हुँदैछ ।
