धादिङका ४ वटा गाउँपालिकामा टेलिमेडिसिन सेवा सञ्चालन तयारी

Avatar photo
Dhadingpost
चैत्र १६, २०७७

धादिङ । गैरआवसिय नेपाली संघ बेलायतकाे बिशेष पहलमा धादिङका ४ वटा गाउँपालिकामा टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिन  टेलिमेडिसिन सेवा सुरु गर्ने बताईएकाे छ । धादिङको रुबीभ्याली, गंगाजुमना, खनियाबास र नेत्रावती डब्जाेङ गाउँपालिकामा बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टले उपलब्ध गराउन लागेकाे हाे । ट्रष्टले अहिले संसारका ७८ देशमा करिब ८ सय बढी स्वास्थ्यकर्मी र विज्ञबाट स्वास्थ्य परामर्श दिदै आइरहेकाे छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन छन् भने प्रिन्सेस आन संरक्षक छन् ।