
धादिङ चैत्र १३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा चैत्र २१ गते बाट हुने ११ औ वाका कप फुटबल प्रतियोगिताको लागि धुवाँकोटका प्रकाश अधिकारी अधिकारीले व्यक्तिगत १ लाख, ११ हजार १११ रुपयाँ सहयोग गर्नु भएको छ ।
धुवाकोट निवासी ने.क.प. माओबादी केन्द्र सम्बद्ध प्रवास समन्वय समिती सदस्य अधिकारीले छार वाका राहा युवा क्लबका सल्लाहकार तथा सस्थापक कोषाध्यक्ष दिपक तामाङ मार्फत प्रथम पुरस्कारको लागि लाग्ने १ लाखा ११हजार १११ रुपैया सहयोग प्रदान गर्नुभएको हो ।
यस प्रतियोगिताको द्वितीय पुरस्कार ५५ हजार ५५५ उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको ११ औ वाका कप का संयोजक बुद्धिमान तामाङले बताउनु भयो ।
यस ११ औं वाका कप प्रतियोगिताको लागि त्रिशुली समाज युएईद्वारा १५ हजार ७२०, छार वाका राहा युवा क्लवका सह सचिव बिसु तितुङ द्वारा ५ हजार ५५५, नेत्रावती डबजोङ ३ गैरा निवासी बेखम ब्लेन्देनले १५ हजार, राम गुरुङ (वाइबा) ११ हजार १११, राम वाइबा ११ हजार १११, पदम ब्लेन्देनले १० हजार, सन्त बहादुर तामाङले १० हजार, सुकलाल वाइवाले १० हजार, महिन्दो वाइवाले १० हजार, सुमन माम्बाले ५ हजार, सगर वाइवाले ५ हजार, कालु सिन्चुरीले ५ हजार सहयोग प्रदान गर्नु भएको आयोजकले जनाएको छ ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।
समुन्द्री सतहदेखि करिब २ हजार१५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता हुँदै आएको छ । फाईल तस्वीर
