
धादिङ चैत्र १२ । नेपाली काँग्रेस धादिङले आफ्ना क्रियाशिल सदस्यहरुको नामावली डिजिटलाईजेशन गर्न सुरु गरेको छ । यो सँगै धादिङका राजनीतिक दलहरु मध्य आफ्ना सदस्यहरुको नामावली र प्रोफाईल डिजिटलाईजेशन गर्ने काँग्रेस पहिलो दल समेत भएको छ ।
नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य नवराज तिमल्सिनाको नेतृत्वमा क्रियाशिल सदस्यहरुको नामावली डिजिटलाईजेशन गर्न सुरुभएको काँग्रेस धादिङले जनाएको छ ।
डाटा डिजिटलाईजेशनको नेतृत्व गर्नु भएका तिमल्सिनाका अनुसार काँग्रेसले दुई किसिमका सदस्यता वितरण गर्छ । जसमा नेपाली काँग्रेसको सदस्यता र नेपाली काँग्रेसको क्रियाशिल सदस्यता यस मध्य हाल क्रियाशिल सदस्यहरुको मात्रै नामावली र विवरण डिजिटलाईजेशन सुरु भएको हो ।
चैत्र २० गते भित्रमा धादिङका २० हजार क्रियाशिल सदस्यहरुको विवरण अनलाईनमा ईन्ट्री गराउने लक्ष्यका साथ दैनिक ११ जनाले कम्प्युटरमा काम गरि रहेको र सबै जिल्लाको डाटा काँग्रेसले केहि समय पछि नै पार्टीको वेभसाईटमा राख्ने समेत उहाँले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
