
धादिङ चैत्र १० । धादिङ जिल्लामा रहेका द्वन्द पिडितहरुको अभिलेखिकरण गर्न राजेश अधिकारी र हरिराम लोहनी नियुक्त भएका छन् ।
सरकारले प्रमुख जिल्ला अधिकारीको संयोजक रहने गरि बनाएको ३ सदस्यी द्वन्द पिडित अभिलेखिकरण समितिको सदस्यमा द्वय राजेश अधिकारी र हरिराम लोहनी नियुक्त भएका हुन् ।
चैत २० गते भित्र जिल्लाको द्वन्द पिडित अभिलेखिकरण सक्ने गरि काम गर्न बुधबार नै समितिको बैठक बस्न लागेको बताईएको छ ।
