सुनौलाबजारमा टोल सुधार समितिको भवन शिल्यान्यास

Avatar photo
Dhadingpost
चैत्र १०, २०७७

धादिङ चैत्र १० । धादिङका बागमती प्रदेश सांसद डाक्टर रामकुमार अधिकारीले नीलकण्ठ नगरपालिका ६ स्थित धादिङको पुरानो सदरमुकाम सुनौलाबजारमा मंगलबार नव युवा टोल सुधार समितिको भवन शिल्यान्यास गर्नु भएको छ ।

अध्यक्ष प्रदिप कुमार रम्तेलको सभापतित्वमा भएको उक्त भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले नव युवा टोल सुधारको भवन बनाउन १५ लाख संसद विकास कोषबाट विनियोजन गरेको हुँ, समयमै यो भवन निमार्ण गरि सक्न निर्देशन दिनु भएको थियो । सांसद अधिकारीले सुनौलाबजार स्थित हालको खेल मैदानलाई सुधार गरी राष्ट्रिय स्तरको खेल मैदान बनाउने योजनामा आफु रहेको समेत बताउनु भएको थियो ।