धादिङ जिल्ला अदालतको भवन उद्घाटन

Avatar photo
Dhadingpost
चैत्र २, २०७७

धादिङ, चैत ०२। कुल ७ करोड ५२ लाख ९९ हजार ६ सय ५७ रुपैयाँ ३३ पैसाको लागतमा निर्माण भएको धादिङ जिल्ला अदालतको भवन उद्घाटन गरिएको छ । सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दिपक कुमार कार्कीले धादिङ जिल्ला अदालतको भवन उद्घाटन गर्नुभएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पका कारण तत्कालिन जिल्ला अदालतको भवन क्षतिग्रस्त भएको थियो । २०७३ सालमा सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधिस सुशीला कार्कीले शिलान्यास गर्नुभएको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत निर्माण गरिएको हो ।


भवन उद्घाटन कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधिस डाक्टर देवेन्द्र चुडालको अध्यक्षता रहेको थियो भने धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य भूमी त्रिपाठी, बागमती प्रदेश सभाका सदस्य डाक्टर रामकुमार अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, कानून व्यवसायी लगायतको आतिथ्य रहेको थियो ।