गजुरी महोत्सवको लागि स्टल बुकिङ खुल्ला

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७७

धादिङ फगुन २७ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजार, प्रहरी चौकी पछाडी हुनलागेको प्रथम गजुरी महोत्सवमा व्यवापार, व्यवसाय गर्न चाहने व्यवसायीहरुका लागि स्टल बुकिङ खुल्ला भएको आयोजकले जनाएको छ ।

एक घर एक व्यवसाय भन्ने मुल नाराको साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले चैत्र १२ गते देखि २२ गते सम्म आयोजना गर्न लागेको उक्त महोत्सवमा १०० वटा बन्दा बढी व्यवापारिक स्टल हुने महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताउनु भयो ।

महोत्सवमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, हेलिकप्टरबाट दृश्यालोकन, विभिन्न खेल तथा मनोरञ्ज, कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने यस महोत्सवमा स्टल बुकिङको लागि प्रकाश भण्डारी र विद्यार्थी शाहलाई सम्पर्क गर्न सकिने समेत संयोजक श्रेष्ठले बताउनु भयो ।