
सन्दिप स्याम्जेन तामाङ
धादिङ फागुन ११ । उत्तरी धादिङ रुबिभ्याली गाउँपालिका वडा न १ मा रहेको तिप्लिङ लिङजोमा बनेको नेपाल टेलिकमको टावर उदघाटन गरिएको छ ।
टावर उद्घाटन गर्न पुर्व संविधान सदस्य गुरु प्रसाद बुर्लाकोटी, धन बहादुर घले र जगत सिखडा हेलिकप्टर चढेर तिप्लिङ लिङजो पुगेका थिए ।

यो टावर संचालनमा आए सङ्गै रुबिभ्यालीका सबै ठाउँमा नेपाल टिलिकमको फोन नेटवर्कले काम गर्ने बताईएको छ । यो टावर निमार्णका लागि संविधान सभा सदस्य धन बहादुर घलेको पहलमा बिगत ४ वर्ष देखि यो काम हुँदै आएको थियो ।
