
धादिङ फागुन ३ । धादिङबेसीमा नेपाली काँग्रेस धादिङले गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै बरिष्ट नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले वितण्डा मात्रै मच्चाउने र समस्याको समाधान नगर्ने बताउनु भएको छ ।
दुनियाँमा कम्युनिष्टहरुले समस्या जन्माउन सक्छन् । वितन्डा मच्चाउन सक्छन् । हुददंगा मच्चाउन सक्छन्, हो हल्ला गर्न सक्छन् तर समस्याको समाधान दिन सक्दैनन् । विश्वमा कहि पनि कम्युनिष्टहरुले मानवताको समस्या समाधान गरेको रेकर्ड नभएको नेता पौडेलले दावी गर्नु भयो ।
चुनावको बेला नेपालमा पनि कम्युनिष्टहरुले के भन्ने गर्थे आज केपीले त्यहि पुरा गर्दै छन् त ? कति ठुला आश्वासन जनतालाई बाँडे, तर आज के गरे जग जाहेर छ रहेको समेत उहाँले बताउनु भएको थियो ।
धादिङबेसीबाट निस्किएको काँग्रेस धादिङको विरोध प्रदर्शन धादिङबेसी खुल्ला मञ्च पुगेर सभामा परिणत भएको थियो ।
