
धादिङबेसी फागुन २ । धादिङबेसी सदरमुकाम स्थित दिपटोल र साङ्कोषको जोड्ने थोपल माथि बन्ने पक्की पुलको आज प्रदेश सांसद डा. रामकुमार अधिकारीले शिलान्यास गर्नुभएको छ ।
भौतिक पूर्वाधार मन्त्रालय यातायात पूर्वाधार निर्देशालयको ४ कोड ४२ लाख १४ हजार ९७२ रुपैयाँमा बन्ने तोकिएको समय भित्रमा बनाउन प्रदेश सांसद अधिकारीले ठेकेदार कम्पनीलाई निर्देशन दिनु भएको छ ।
जोशी सफल जे. भी. ले यो पुल ०७८ साल कार्तिक ९ गते कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको छ ।

