
धादिङ माघ २७ । धादिङका रमेश आचार्य राष्ट्रिय युवा संघ नेपालको महासचिव पदमा चयन हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघको सोमबार काठमाडौंमा सम्पन्न भेलाले बचनबहादुर सिंह अध्यक्षमा चयन भएको उक्त समितिमा धादिङका आचार्य महासचिव बन्नु भएको हो ।
बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ ।
राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव नेपाल पक्षमा लागेपछि सापकोटालाई हटाएर अोली पक्षले नयाँ नेतृत्व चयन गरेको हो ।
