
धादिङ माघ १९ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ लगायत १३ वटा भातृ संगठनहरुले आज सदरमुकाम धादिङबेसीमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरले कु गर्दै संसद विघटन गरेको भन्दै सदरमुकाम धादिङबेसीमा नेवि संघ लगायत १३ वटा भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
धादिङबेसी पुछारबजारबाट जुलुस निकाली सरकार विरोधी चर्का नारा लगाउँदै नेविसंघ लगायत १३ वटा भातृ संगठनहरुका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।
