
धादिङ माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ प्रधानमन्त्री ओली पक्षले काठमाडौंमा माघ २३ गते हुने शक्ति प्रदर्शनमा धादिङबाट ५ हजार मान्छे लैजाने तयारी गरेको छ ।
सोमबार बिहान जिल्ला समन्वय समिति धादिङको कार्यालयमा बसेको ओलि पक्ष नेकपाको बैठकले काठमाडौंमा माघ २३ गते हुने शक्ति प्रदर्शनकामा सहभागि हुन धादिङबाट ५० वटा बस रिजर्भ गर्ने र ५ हजार मान्छेहरुलाई उक्त कार्यक्रममा सहभागि गराउने निर्याय गरेको हो ।
नेकपा धादिङका अध्यक्ष एवम् विघटित प्रतिनीधि सभा सदस्य भुमि त्रिपाठीले माघ २३ गते काठमाडौं हुने उक्त शक्ति प्रदर्शनमा २ लाख मान्छेहरु सहभागि हुन्छन् । त्यस मध्ये धादिङको भागमा कम्तिमा पनि ५ हजार सहभागि गराउनु बताए सँगै त्यहि अनुरुप योजना बनाईएको बैठकमा सहभागि एक नेताले धादिङपोष्टलाई बताए । फाइल फोटो
